समाचार
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रिलाई स्वागत कार्यक्रम
माण्डवी गाउँपालिका प्यूठानले लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रि जोख बहादुर महरा ज्यूलाई गाउँपालिका कार्यालयमा जस्पुर प्यूठानमा स्वागत गरेको छ । गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारीले दोसल्ला तथा खादा ओडाएर पुष्पगुच्छा प्रदान गरि स्वागत गर्नुभएको हो । कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव कुमार पोख्रेल, वडा अध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले माननीय मुख्यमन्त्रि मार्फत प्रदेशमा गाउँपालिकाका विकास निर्माण लगायतका विभिन्न योजना तथा
कार्यक्रम मागको फाइल प्रदान गर्नुभएको थियो ।