समाचार
गाउँपालिकास्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम
माण्डवी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार राष्ट्रिय यूवा परिषद सानोठिमी भक्तपुरको समन्वय र माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा "समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका चार दिने गाउँपालिकास्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम शुरु भएको छ । कार्यक्रम २०८१ जेष्ठ ५ गते देखि ८ गते सम्म माण्डवी गाउँपालिका सभाहल जस्पुर प्यूठानमा संचालन हुनेछ ।
गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले गमलामा बिरुवा रोपेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा अन्तरिम विधायिका सिता वि.क. रहनुभएको थियो ।
राष्ट्र, राष्ट्रियता, आधारभूत आवश्यकताको परिपूर्ति, समानता एवम् समतामुलक वितरणको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, सह-अस्तित्व भाषा, कला र वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन, संघीय, प्रदेश र स्थानीयतहको विधान सभाबारे जानकारी दिने, राज्यका प्रमुख तिन अंग व्वस्थपिका कार्यपालिका र न्यापालिका तथा शक्तिपृथ्किकरण बारे बुझाउने, नगर सभाको वनावट क्षेत्र अधिकार, संचालन कार्यविधि बारे जानकारी गराएर अभ्यास गराउने, युवा दर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति बारे बुझाउने, तिनीहरुलाई युवाको समस्याहरु युवा निति र दिशानिर्देशहरु बारे जानकारी गर्ने, नमूना गाउँ युवा संसद अभ्यास, राष्ट्रिय युवा नीति बारे बुझाउने र युवाभिजन २०२५ बारे बुझाउने र युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित र युवामा उद्यमशीलता र नेतृत्व विकास गरी नेतृत्व लिन सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्य सहित यो कार्यक्रमको आयोजना गरिएको हो ।
नमुना युवा संसद अभ्यास कार्यक्रममा माण्डवी गाउँपालिका वडा नं. १ देखि ५ का १६ देखि २४ वर्ष सम्मका २७ जना युवायुवतीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा परिषदबाट आउनु भएका प्रशिक्षक तुल्सीराम न्यौपाने र इन्दिरा पूरीले गर्नुहुनेछ ।
कार्यक्रममा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा अध्यक्षहरु क्रमशः. बाम बहादुर बुढा , प्रकाश वली, धनेन्द्र कार्की,डिल बहादुर घर्ति मगर, दुर्गा प्रसाद आचार्य साथै कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, राष्ट्रिय युवा परिषद जिल्ला शाखा प्यूठानका अध्यक्ष रामचन्द्र के.सी, गाउँपालिकाका विशागत शाखाका शाखा प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले गर्नु भएको थियो ।