FAQs Complain Problems

वडा नं. २

 नेनेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु मर्कावाङ (१-९) समेटेर वडा नं. २ कायम भएको हो । २२.०७ वर्ग कि.मि क्षेत्रफल रहेको वडा नं २ मा २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३३६४ (पुरुष १५६१ र महिला १८०३) रहेको छ । यस वडामा ७१३ घरधुरी रहेका छन । शैक्षिक हिसाबले यस वडामा १ वटा मा.वि, १ वटा आ.वि. र ४ प्रा.वि गरि ६ वटा सामुदायिक विद्यालयहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी रहेको छ । समग्र यस वडाको क्षेत्रमा हेर्दा कृषि पेशा अगाल्ने घर परिवारको संख्या उच्च रहेको छ । यस वडामा पर्यटकीय एवं धार्मिक स्थलको रुपमा बंगलाचुली- ठुलीलेख पर्यटकीय क्षेत्र, पुक्रुक शहिद पार्क रहेका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा यस वडामा अध्यक्ष पदमा प्रकाश वली निर्वाचित हुनुभएको हो ।

Population: 
3138
Ward Contact Number: 
९८४७९८४७७५
Ward Secretary: 
घनश्याम अधिकारी