समाचार
प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता हरुका लागि मन्टेश्वरी तालिम
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि मन्टेश्वरी तालिम आज सम्पन्न भएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले जेष्ठ २० गते देखि ७ दिनसम्म सञ्चालन भएको उक्त तालिममा माण्डवी गाउँपालिका अन्तर्गतका बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरु सहभागीको रुपमा रहनु भएको थियो । तालिममा प्रशिक्षक अनिता पाण्डेले प्रशिक्षण गराउनु भएको थियो
अध्यक्ष नमराज अधिकारीले सिकाइ उपलब्धि हासिल गर्नेका लागि इच्छाशक्ति हुन पर्ने बताउनु भएको छ । अध्यक्ष अधिकारीले सामाजिक रुपान्तरणले मात्र चेतनाको बिकास हुने बताउनु भएको छ । शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले संचालन गर्नु भएको समापन कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले सिपलाइ कार्यक्षेत्रमा ब्यबहारिक रूपमा लागू गर्नु पर्ने बताउनु भयो भने प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बिद्यार्थीको शिक्षाको जग मन्टेश्वरी कक्षाबाट सुरु हुने हुदा हामी सबै जिम्मेवार बनी मजबुत बनाउन पर्ने बताउनु भयो । कार्यपालिका सदस्य बालिका नेपाली,मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्यूठान सयोजक ग्रीस कुमार रसाइली लगायतको उपस्थित रहेको थियोे । समापन कार्यक्रममा प्रशिक्षक र प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।