समाचार
वडा नं.४
नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु उदयपुरकोट (१-९) समेटेर वडा नं. ४ कायम भएको हो । ३१.३७४ वर्ग कि.मि क्षेत्रफल रहेको वडा नं ४ मा २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३०६५ ( पुरुष १२७४ र महिला १७९१) रहेको छ । यस वडामा ७०१ घरधुरी रहेका छन । शैक्षिक हिसाबले यस वडामा १ वटा मा.वि र ४ वटा प्रा.वि गरि ५ वटा सामुदायिक विद्यालयहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी रहेको छ । वि.स. को सोह्रौ शताब्दीमा सामु पण्डित देखि पुस्ता नं. ३६ का जशुधर कार्कीले स्थापना गरि लगातार १७ पुस्ता सम्म नेपालमा एकमात्र ब्राह्मण राज्य संचालन भएको उदयपुरकोट राज्य यसै वडामा पर्दछ यो दरबार करिब १५०० मिटरभन्दा बढी उचाइमा पर्ने लेक भएकाले सुन्दर हावापानी छ । समग्र यस वडाको क्षेत्रमा हेर्दा कृषि पेशा अगाल्ने घर परिवार धेरै रहेका छन । यस वडाबाट प्युठानको प्रसिद्द तिर्थस्थल स्वर्गद्वारी आश्रम यहि पर्वत शृंखलाको करिव १५ कि.मीको दुरीमा पर्दछ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा यस वडामा अध्यक्ष पदमा डिल बहादुर घर्ति निर्वाचित हुनुभएको हो ।