समाचार
श्रम स्वीकृति प्रदान
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन २०८० वैशाख २ गते देखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार बुधवार माण्डवी गाउँपालिकाले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतिको निस्सा प्रदान गरेर श्रम स्वीकृति दिए सँगै सेवा प्रारम्भ भएको छ । अध्यक्ष नमराज अधिकारी ज्यूले बुधवार गाउँपालिकाबाट पहिलो पटक माण्डवी गाउँपालिका वडा नं ३ जस्पुर निवासी यम बहादुर घर्तिलाई साउदीअरबको श्रम स्वीकृति प्रदान गर्नुभएको हो ।