समाचार
मिनरल ब्लक सहित बाख्रापालन तथा तरकारीखेती सम्बन्धि सीप बिकास तालिम
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माण्डवी गाउँपालिका -१ तिराममा संचालित मिनरल ब्लक सहित बाख्रापालन तथा तरकारीखेती सम्बन्धि सीप बिकास तालिम आज सम्पन्न भएको । कृषि पेशालाई आधुनिकीकरण गरी व्यवसायिक एवम प्रतिष्पर्धात्मक बनाई कृषकको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले जेष्ठ २० देखि संचालन भएको तालिममा चन्द्र ज्योति लघु उद्मम र दिदिबहिनी लघु उद्यम समितिबाट १७ जना सहभागी रहनु भएको थियो । तालिम अवधि भरको सहजीकरण कृषि अधिकृत विदुशा आचार्य, ना.प.से.प्रा कौशल अधिकारी र ना.प्रा.स कुल बहादुर के.सी ले गर्नुभएको थियो । सहभागीहरूलाई प्रयोगात्मक विधिद्वारा मिनरल ब्लक र झोल मल बनाउन सिकाइएको थियो। समापन कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारीले सिकेको सिपलाइ राम्रोसँग ब्यबहारिक रुपमा प्रयोग गरेर आय आर्जन बढाउन सकिने बताउनु भयो । तालिममा सहभागीहरुलाई प्रबिधिको हस्तान्तरण समेत गरिएको थियो ।