माण्डवी गाउँपालिका द्वारा आ. व २०७७/०७८ मा संचालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम २०७८/०५/३१ गते बिहीबारको दिन गाउँपालिका सभाहल देवीस्थान सम्पन्न गरिएको छ । गाउँसभा सदस्य, गाउँ कार्यपालिका कर्मचारीहरु, वडा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका ज्यूले गर्नुभएको थियो । विभिन्न विषयगत शाखा प्रमुखहरूबाट आ.व. २०७७/०७८ मा संचालित योजना तथा कार्यक्रमहरुकाे प्रगति प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल ज्यूको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार
ग्यालरी
माण्डवी गाउँपालिकाका सम्पूर्ण वडाहरु बाट अनलाइन घटना दर्ता सुरु भई सकेको छ । जनतालाई प्रवाह गर्ने सेवालाई सूचना प्रविधिको प्रयोगबाट छिटो छरितो, सहज र पारदर्शी बनाई सेवाको गुणस्तर वृद्धि तथा सुशासन कायम गरी विद्युतीय शासन स्थापना गर्नमा यस किसिमको कार्यले सहयोग पुग्ने देखिन्छ । सरकारका प्रत्येक निर्णय र काम कारवाहीमा जिम्मेवारी, जवाफदेहिता, पारदर्शिता, आर्थिक अनुशासन, जनसहभागिताको खोजी भइरहेको अवस्थामा यसलाई साकार पार्न सरकारी सेवामा जनताको सरल पहुँच सुनिश्चित हुनु जरुरी छ, जुन सूचना प्रविधिको प्रयोग बिना असम्भव प्राय छ । विद्युतिय शासनले सरकार र जनताको बीचमा रहेको दरार हटाउने काम गर्दछ । ग्
माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ को दोश्रो चौमासिक सम्म सम्पादन गरेको कामको प्रगति, त्यसको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा माण्डवी गाउँपालिकाले ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ ।
माण्डवी गाउँपालिकाले गाउँपालिका अन्तर्गत विपद र प्रकोपमा परेका गरिब, अशक्त, दीर्घरोगी व्यक्तिहरुलाई राहत, उद्दार तथा पुनर्स्थापना गर्नका लागि आर्थिक सहायता प्रदान गरेको छ । माण्डवी गाउँपालिकाको कार्यालयमा अध्यक्ष श्रीधर रोका ज्युले उद्दार, राहत स्वरूप प्रकोप पिडित तथा गरीब ,अशक्त र दिर्घरोगीहरुलाई एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो |गाउँपालिका क्षेत्रभित्र हुने प्राकृतिक तथा गैर प्राकृतिक विपद, अत्यन्तै न्युन आर्थिक स्थिति भएका दीर्घरोगी जस्तै मुटु, मृगौला, क्यान्सर, पक्षघात तथा मस्तिष्क घात लगायतका मानव जीवनमा असर पार्ने तथा अप्रत्याशित कारणबाट सृजना भएको विशेष परिस्थितिक
लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री कृष्णध्वज खड्काले माण्डवी गाउँपालिका वडा नं ३, देविस्थानमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।
ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न लागेको हो ।