FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा मिति २०७९ चैत्र ८ गते देखि १० गते सम्म संचालित "स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका विषयक’ प्रशिक्षण कार्यक्रम गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको अध्यक्षता र गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको आज अन्तिम दिन प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदयनाथ खनालले पत्र व्यवहार तथा टिप्पणी लेखन विषयमा र प्रतिष्ठानका बरिष्ठ कम्प्युटर अधिकृत अमित श्रेष्ठले ज्ञान व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो भने करदाता सेवा कार्यालयका कर अधि

मिति: 03/24/2023 - 20:39
, , , , , , , , , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको 
क्षमता विकासका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर र माण्डवी गाउँपालिका, प्यूठानको संयुक्त आयोजनामा ‘स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका विषयक’  प्रशिक्षण कार्यक्रम संचालन भएको छ । 

मिति: 03/22/2023 - 21:36
, , , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमी व्यवस्था मन्त्रालयको प्राविधिक सहयोगमा माण्डवी गाउँपालिको आ.व २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम किसान सूचीकरण कार्यक्रम संचालनार्थ जनप्रतिनिधि, कर्मचारी, सहजकर्ता तथा अन्य सरोकारवालाहरु बीच १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालीका अध्यक्ष नमराज अधिकारी ज्यू को अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी , प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , वडा अध्यक्षहरु, कर्मचारी, सहजकर्ता र सरोकारवालाको सहभागिता रहेको थियो ।

मिति: 03/16/2023 - 17:24
, , , , , , ,

विश्व उपभोक्त अधिकार दिबस २०७९ कार्यक्रम माण्डवी गाउँपालिका जस्पुर प्यूठानमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।

मिति: 03/15/2023 - 15:46
, , , , , , , , , ,

आज मिति २०७९ फाल्गुण १३ गते माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र कोभिड -१९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशील प्रवर्द्धन (PERCAV) परियोजना को सहकार्यमा माण्डवी गाउँपालिकाको विपद् व्यवस्थापन तथा आर्थिक पुनार्लाभ योजना तयार कार्यशाला गोष्ठी सम्पन्न  भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, स्थानीय संघसंस्थाको प्रतिनिधि, स्थानीय गैरसरकारी संस्थाको प्रतिनिधि, प्रहरी, पत्रकार, स्रोतव्यक्ति लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

मिति: 02/25/2023 - 11:34
, , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाको आयोजनामा शनिबार देखि सुरु भएको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक आज कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी ,माण्डवी मा .वि नयागाउ र चकचके वजारमा प्रस्तुत गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो । नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँपालिकालाई बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै यो अभियानलाई सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । नाटक सोमबार बागेश्वरी मा.वि तिघरा र ने.र

मिति: 02/05/2023 - 20:47
, , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाको आयोजनामा भाइब्रेन्ट मिडिया प्रा.लि.को प्रस्तुती रहेको बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक २०७९ आज माघ २१ गते माण्डवी गाउँपालिका अन्तर्गत रहेको श्री अरुणा भवानिश्वरी प्रा.वि. माण्डवी -०१ कुमलटार, श्री गणेश मा.वि. माण्डवी -१ तिराम, श्री सुन्नानी आधार मा.वि माण्डवी -२, रातापानी र श्री गणेश आ.वि. माण्डवी -२, ढिकावनमा राष्ट्रिय कलाकार सुरबीर पण्डित (दारी बा) लगायतको टिमबाट प्रदर्शन गरिएको छ ।

मिति: 02/04/2023 - 22:20
, , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मिति २०७९ माघ १६ गते देखि सुरू भइ आज २०७९ साल माघ १८ गते सम्पन्न भएको छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ श्री माण्डवी मा.वि नयाँगाउँले जित्न सफल भएको छ भने गणेश मा.वि तिरामले द्वितीय स्थान र कामाक्षी मा.वि उदयपुरकोटले तृतीय स्थान हासिल गर्न सफल भएका छन । माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य नारायण प्रसाद अधिकारी, गाउँपालिका अध्यक्ष नमराज अधिकारी , उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, ईलाका प्रशासन कार्यालय जस्पुरका कार्यालय प्रमुख

मिति: 02/02/2023 - 13:31
, , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारी ज्यूको अध्यक्षता तथा जिल्ला समन्वय समिति उपप्रमुख श्री दुर्गा रेग्मी ज्यूको प्रमुख आतिथ्यतामा मिति २०७९ पौष २४ गते प्रदेश सुशासन केन्द्र नेपालगंज, बाँकेको सहयोग तथा जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा स्थानीय तह बित्तिय सुशासन जोखिम मुल्याङकन बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकमा उपाध्यक्ष, वडा अध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण लेखा अधिकृत श्री कमान सिंह के.सी. ले गर्नुभएको थियो ।

मिति: 01/08/2023 - 15:17
, , , , , , , , , ,

Pages