माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर आज देखि वडा नं.-१ तिरामबाट अौपचारिक सुरु गरिएको छ।
शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश सोमबार,मङगलवार,बुधबार र बिहिवार सम्म सञ्चालन गर्ने योजना तय गरिएको छ । तिराम स्वास्थ केन्द्रमा सुरु भएको शिविरको गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर उदघाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले आफुहरु जनतालाइ सहज र प्रभाबकारी सेबा दिन लागि परेको भन्दै जनताको साथमा सधै स्थानीय सरकार रहेको बताउनु भयो।