FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिकाको १३ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । बिहिबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष ०७९/८० को हाल सम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १३ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

गाउँ सभामा आ.व. २०७९/८० को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धि विवरण तथा चालू आर्थिक बर्ष ०७९/८० को अहिले सम्मको प्रगति विवरण गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले प्रस्तुत गर्नु भएको थियो । बेरुजु सम्बन्धि विवरण लेखा समितिका संयोजक दुर्गा प्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

मिति: 01/05/2023 - 19:35
, , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को प्रथम चौमासिक सम्म सम्पादन गरेको कामको प्रगति, त्यसको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।

मिति: 01/04/2023 - 12:35
, , , , , , , , , , , , , , ,

धन्यवाद ज्ञापन सम्बन्धमा ।

मिति: 10/12/2022 - 13:05
,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा आज मिति २०७९/०६/१४ गतेका दिन नेपालीहरुको महान चाड शुभ विजयदशमी , दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/30/2022 - 12:55
, , , , ,

गाउँपालिकास्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र गाँउपालिकाका विभिन्न शाखाको शाखा प्रमुखहरुको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेशका पोषण संयोजक भुमिश्वर शर्माले गर्नुभएको थियो ।

मिति: 09/23/2022 - 19:05
, , , , ,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा संविधान दिवस २०७९ को पुर्वसन्ध्यामा दिप प्रज्वलन गरेको छ । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जी.सी ज्यू , जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ज्यू, गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यू , गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी ज्यू , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ज्यू, गाउँपालिकाका कर्मचारीहरु , ससस्त्र प्रहरी, नेपाल पुलिस लगायतले नेपालको नक्सा, झण्डा वरिपरी दिप प्रज्वलन गरि यो दिवस मनाएको हो।

मिति: 09/18/2022 - 22:27
, , , , ,

माण्डवी गाउँपालिका, प्यूठानले संविधान दिवसको अवसर पारेर कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । घरायसी सरसफाई साथै बातावरणीय सरसफाईमा सबैको ध्यान पुगोस भन्नका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको हो । संविधान दिवस, २०७९ को अवसरमा संविधान दिवस २०७९ मुल समारोह समितिको निर्णय अनुसार यही असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन लागिएकोले माण्डवी गाँउपालिकाबाट संचालन हुने कार्यक्रम तथा जनस्तरमा हुने कार्यक्रममा सक्रिय सहभागीताको लागी माण्डवी गाँउपालिकावासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।

मिति: 09/18/2022 - 22:24
, , , , , , , , ,

Pages