माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय क्षयरोग कार्यक्रमको पालिका स्तरीय अर्धवार्षिक/ वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । मिति २०८०/०५/११ गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भएका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
समाचार
ग्यालरी
माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा मिति २०८०/०५/१० गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
माण्डवीमा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ
भाद्र-३,२०८०
प्युठान।
माण्डवी गाउँपालिकाको आयोजनामा आज मिति २०८०/०५/०१ गते यस माण्डवी गाउँपालिकाको आ.व. २०७९/८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री पूर्ण प्रसाद कलाथोकी ज्यू, सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, शाखा प्रमुख ज्यूहरुको उपस्थितिमा आ-आफ्नो शाखा प्रमुखहरुले आ.व २०७९/८० मा सम्पादित कार्यहरुको प्रगति प्रस्ततिकरण गर्नु भएको थियो ।
माण्डवी गाउँपालिकाको आयोजनामा आइतबार गाउँपालिका सभाहल देवीस्थानमा डेंगु तथा स्क्रब टाइफस रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माण्डवी गाउँपालिका प्यूठानमा संचालित साझेदार संस्था फूलबारी एकीकृत ग्रामीण विकास संस्था FIRDO NEPAL PERCAV परियोजनाद्वारा माण्डवी गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको छ ।
माण्डवी गाउँपालिका जस्पुर प्यूठानको आयोजनामा १० दिने दलितहरुको सीप बिकास र परम्परागत पेशा,व्यवसाय संरक्षण उद्यमशीलता प्रबर्धन कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न र परम्परागत व्यवसायलाई आधुनिकता दिन र नयाँ प्रविधिको प्रयोग गरी फलाम, तामाका भाँडा निर्माण गर्न सहज पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । असार ४ देखि सुरु भएको तालीमको प्रशिक्षक भिम वहादुर वि.क रहनु भएको थियोे । तालिममा सहभागीहरूलाई फलामबाट बन्ने विभिन्न सामग्रीहरुको आधुनिक नयाँ प्रविधि मार्फत निर्माण गर्ने तरिकाबारे प्रशिक्षण गराईएको थियो । सहभागीहरुले हसिया, दाबु,
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि मन्टेश्वरी तालिम आज सम्पन्न भएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले जेष्ठ २० गते देखि ७ दिनसम्म सञ्चालन भएको उक्त तालिममा माण्डवी गाउँपालिका अन्तर्गतका बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरु सहभागीको रुपमा रहनु भएको थियो । तालिममा प्रशिक्षक अनिता पाण्डेले प्रशिक्षण गराउनु भएको थियो
माण्डवी गाउँपालिका प्यूठानको आयोजना बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय सामुदायिक तथा संस्थागत विद्यालयका फोकल शिक्षकहरुका लागि स्वास्थ्य पोषण र सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।