माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । सोमबार एक कार्यक्रमका माण्डवी गाउँपालिका वडा नं. ३ सल्लिबेशी गाउँमा निर्माण भएका एक घर एक धाराको उद्घाटन गरिएको छ | गाउँपालिका अध्यक्ष श्रीधर रोकाले उक्त धाराको उद्घाटन गर्नुभएको हो |
गाउँपालिकाको ६ लाख ७५ हजार र जनश्रमदानबाट १ लाख ३८ हजार ९ सय २२ गरी जम्मा ८ लाख १३ हजार ९ सय २२ रुपैयाँको लागतमा गाउँका ४८ वडा घरधुरीमा उक्त धारा निर्माण गरिएको हो |